राष्ट्रिय स्वतन्त्र पार्टीकाे अध्यक्षका विषयमा प्रश्न गर्दा आफू अब अध्यक्ष​ नरहेकाे समेत उनले उल्लेख गरेका छन् ।

नागरिकता मुद्दामा दोषी ठहर गरेसँगै सर्वोच्चले उनकाे सांसद पद र मन्त्री खारेज गरिदिएकाे छ । याे सँगै सर्वोच्च परिसरमा रविको पक्षमा नाराबाजी समेत  गरिएको छ ।

कामु प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासले लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता त्याग गरेको कुराको विधिवत् जानकारी सम्बन्धित अधिकारी (प्रमुख जिल्ला अधिकारी) लाई नदिएको अदालतले ठहर गरेको छ ।