आज १५ असार, १९ औँ राष्ट्रिय धान दिवस । नेपालमा पछिल्लो समयमा खेत र असारे गीत लोप हुँदै गएको महसुस भएको छ ।

अव्यवस्थित सहरीकरण र बिलाशिलतायुक्त जीवनशैली को प्रभाव  नेपालमा परिसकेको छ । पहिलेको तुलनामा कमैलेमात्रा खेतको रोपाइमा गएर १५ असारमा  दही, चिउरा खाएको पाईन्छ । पछिल्लो समयमा त झनै आजको दिनको सम्झनामा नेपालिहरु देश बिदेशमा  दही, चिउरा केरा र आम खाएर असार १५ मनाउने गर्छन्  ।

सहर बजारमा बस्ने बालबालिकाहरुको लागि असारको हिलो र खेत फनपार्क जस्तै बन्दै आएको छ भन्दा फरक नपर्ने भेकोछ ।  सरकारले पनि औपचारिक रूपमा धान दिवस मनाउँछ भने वास्तविक किसानले रोपाइँबाट सुस्ताएर दही, चिउरा खाँदै हर्षका साथ असार १५ वा धान दिवस मनाउँछन् ।

असार महिना किसानहरूको ‘मानो खाएर मुरी उब्जाउने समय’ हो । त्यसका लागि उनीहरू रातदिन खटेर रोपाइँ गर्छन् । रोपाइँमा सबै जना खेतमै व्यस्त हुने हुँदा त्यहाँ एक किसिमको रमाइलो हुन्छ । त्यस क्रममा एकापसमा पानी छ्याप्ने, हिलो छ्याप्ने, गराहरूमा बीउ फ्याँक्दा बाउसे, रोपाहारहरूलाई भिजाउने सम्मका काम गर्छन् । साथै धेरै ठाउँमा विभिन्न किसिमका रमाइला असारे भाका गुन्जाउँछन् ।

रोपाइँमा काम गर्ने कामदारहरूदेखि बाजा बजाउने वाद्यवादहरूदेखि बेठी लगाउने अभिभावक देखि सबैलाई असारे भाकाले मनोरञ्जन दिइन्छ । त्यो बेलामा दुःखसुख दुवै खालका कुरा गर्न पाइने अवसर जुटाएर पसिनालाई उत्साहमा रूपान्तरण गर्दै श्रममा लाग्नका लागि यो संस्कृतिले भूमिका निर्वाह गरेको हुन्छ ।