भिमाद सञ्चार

तनहुँ २०७९ श्रावण ३ मंगलबार

घिरिङ्ग, अन्जान परियार

घिरिङ्ग गाउँपालिकाले करारका कर्मचारीलाई असार मसान्त पछि कार्यालयमा हाजिर नगर्न सुचना गरेको छ । असार मसान्त पछि म्याद थप गर्ने नगर्ने सम्बन्धमा कुनै निर्णय नभएकोले म्याद थप सम्बन्धमा निर्णय नहुँदा सम्म कर्मचारीको सम्झौता नहुने सूचना श्रावण ३ गते गाउँपालिकाले जारी गरेको हो ।

कर्मचारीको करार अबधी छ महिना हुने भएकाले यो नियमित प्रक्रिया रहेको घिरिङ्ग गाउँपालिका अध्यक्ष होम बहादुर थापाले बताए। साथै उनले कर्मचारीको कार्यसम्पादनको आधारमा कर्मचारी लाई म्याद थप हुने बताएका छन।

गाउँपालिकाले गाउँपालिका र सो मातहतका वडा कार्यालय , स्वास्थ्य चाैकी ,सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत , विधालयमा करारमा कार्यरत शिक्षकहरूकाे म्याद थप नहुने सुचना पत्रमा उल्लेख गरिएको छ ।