भिमाद सञ्चार
तनहुँ २०८० माघ ६ शनिबार
समतामूलक समाज एक आदर्श समाज हो । लोक कल्याणकारी राज्यको पृष्ठभुमिमा स्थापित स.स्कार एवं सभ्यता सहितको समुन्नत र विकसित समाजलाई हामी समतामूलक समाज भन्दछौँ । यस्तो समाजमा शान्ति, सकारात्मक चिन्तन र आलोचनात्मक चेतनाको समुचित विकास हुने अपेक्षा गरिन्छ । अवसरको न्योचित वितरण गरिएको समाज समतामूलक समाज हो ।

समतामूलक समाज भनेको त्यस्तो समाज हो जो समावेसी समाज भन्दा अझ एक स्तर माथिको मानिन्छ । यसतो समाजमा नागरिकलाई जात, जाति, लिङ्ग, वर्ण, आर्थिक अवस्था, सामाजिक विविधता, सांस्कृतिक अवस्थाका आधारमा कुनै पनि किसिमको भेद्भाव गरिँदैन । समाजमा पछि परेका वर्गलाई सामाजिक न्यायको सिद्धान्तका आधारमा राष्ट्रिय मूलधारमा समाहित गरिन्छ । नेपालको विविधतायुक्त मुलुकमा समतामूलक समाज एकैपटक निर्माण गर्न कठिन हुन्छ ।

जस मध्ये एक समस्य जात जाती बिच गरिने विभेद एक जातीय विभेद हो । बिभेद सहेर बस्न बाध्य भएका कैयन गाउँहरु अझै थुप्रै ठाउँहरु बाकी छन।  जहाँ जनस्तरमा चेतनाको बिकास गराउन र राज्यको भुमिका कानुनी तवरले लागाउन आवश्यक छ । यद्यपि गर्वको साथ प्रसंसा गर्दै अर्पण सिर्जन घले लेख्नु हुन्छ । रुढीबादी परम्परा लाई चुनौती दिदै मेरो जन्मभूमि घिरिङ्ग गाउँ पालिका वार्ड न: ४ मा रहेको करिब ४०/४५ घरधुरी रहेको लोहडाडा , जिताकोट गाउँ भौगोलिक रुपमा केही बिकट भए पनि उक्त ठाउँको मानिसहरुको चेतनाको स्थर देखेर अत्यन्तै गर्व लाग्यो , २०८० माघ ५ गते मात्रै सम्पन्न भएको त्यो पबित्र बिवाह मा….नाताले मेरो दिदी भिनाजु टक बाहादुर थापा र पृथ्वीमाया थापाको सुपुत्रि ( मगर समुदाय ) र कुमाल समुदाय को युवा बिच भएको एउटा उदाहरणीय बिवाह थियोे ,गाउँमा अधिकांश मगर समुदाय , दमाई समुदाय , कुमाल समुदाय , क्षेत्री समुदाय र गुरुङ समुदाय रहेका थिए , बिगत केही बर्ष देखि दलित समुदाय र गैरदलित समुदाय बिच बिवाह भोज तथा कुनै पनि सामाजिक भोज भतेरमा कुनै पनि छुवाछूत र विभेद नभएको भन्ने कुरा सुन्दै आएको थिए । जुन म आफै सहभागी भएको बिवाह भोजमा स्वयम् मैले पनि महसुस गर्ने अवसर मिल्यो । नमुना बिवाह अनि बिवाह भोज भब्य र सब्य रुपमानसम्पन्न भयो । अत्यन्तै बौद्धिक र चेतनाको स्थर धेरै माथि भएको स्थानीय मानिसहरु देख्न पाउँदा धेरै खुसि लाग्यो , घिरिङ्ग सुनधारा ४ लोहडाडा जिताकोटका मानिसहरु मा भएको यो परिवर्तनले जहाँ अझै सम्म पनि विभेदिकण यथावत छ जुन त्यस्ताहरुलाई भने गतिलो शिक्षा दिएको मैले पाएको छु ।

आजको युगमा पनि छुवाछूत र बिभेद जस्तो अमानवीय बेबाहर घृणित अनि चेतनहिन दिमाग भएका मान्छेहरु ले सिक्नुपर्ने थुप्रै पाठहरु मध्ये यो गाउँ बाट सिक्न सकिने यो एउटा महत्त्वपूर्ण पाठ हो ।  आज पनि बिभेद  मुक्त हुदै छ, भन्दा जगर्व गर्नु पर्ने कठै मेरो  समाज, अन्तमा उच्च सम्मान र स्यालुट गर्न चाहन्छु घिरिङ्गलाई ।