भिमाद सञ्चार
तनहुँ २०८२ फाल्गुन १८
निर्वाचन आयोगको अत्यन्तै महत्त्वपूर्ण सूचना !! नियमको पालना गरौ
फागुन २१ गते हुने चुनावका लागी निर्वाचन आयोगले गरेका निर्णयहरू र नेपाल सरकारलाइ सहजीकरणको लागि गरेको अनुरोध
– फागुन १८ गते राति १२ बजेपछि निर्वाचन प्रचार-प्रसार गर्न नपाइने ।
– मतदानको ७ दिन अगाडि देखि परिणाम सार्वनिक नहुन्जेलसम्म कुनै पनि खालको मदिरा बेच्न र खान रोक लगाउने।
– फागुन २० गते राति १२ बजे देखि फागुन २१ गते साँझसम्म अतिआवश्यक सवारी साधन बाहेक अन्य सबै गाडी सञ्चालनमा रोक लगाउने ।
– चुनावको दिन Domestic र International Flights सञ्चालन हुने; विमानस्थल जान आउँदा अनिवार्य रूपमा टिकट साथमा राख्नुपर्ने ।
– चुनाव हुनुभन्दा ७२ घण्ट्रा अघिदेखि जिल्लाका अन्तर्राष्ट्रिय सीमाहरू बन्द गर्ने व्यवस्था मिलाइने ।
मतदानको लागि मतदाता नामावलीमा नाम भए परिचय खुल्ने परिचयपत्र जस्तै मतदाता परिचयपत्र/ नागरिकता राष्ट्रिय परिचयपत्र / जग्गाधनी लालपुर्जा पासपोर्टले पनि भोट दिन मिल्ने









