भिमाद सञ्चार
तनहुँ २०८२ फाल्गुन २३
बझाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार ऐन महर विजयी हुनुभएको छ । यससँगै सुदूरपश्चिम प्रदेशमा एमालेले आफ्नो खाता खोल्न सफल भएको छ भने देशभरमा दोस्रो जित दर्ता गरेको छ ।

एमाले केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्जसमेत रहनुभएको महरले कुल १८ हजार ५४३ मत प्राप्त गर्नुभएको छ । दोस्रो हुनुभएको नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत प्राप्त गर्नुभएको छ । महरले रसाइलीलाई २ हजार २३९ मतान्तरले पराजित गर्नुभएको छ ।

त्यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तेस्रो स्थानमा रहेकामा मीनबहादुर कुँवरले ९ हजार ७५७ मत प्राप्त गर्नुभएको छ । रास्वपा उम्मेदवार शैलेश कुमार सिंहले ९ हजार २६३ मत प्राप्त गर्नुभएको छ ।