कृष्ण प्रसाद गौतम र लक्ष्मी बि.सिको नयाँ गित मुग्लिन हुँदै पोखरा सम्म…सार्वजनिक

भिमाद सञ्चार

तनहुँ २०८० पौष ७ शनिबार

भिमाद । “मुग्लिन हुँदै पोखरा सम्म..” कृष्ण प्रसाद गौतम ,लक्ष्मी बि.सिको आवाजमा प्रस्तुत गरिएको छ ।  जसमा माया प्रेम र ठट्यौली पारामा मौलिक झ्याउरे पारामा रहेको छ । नव जवन युवा युवातीको  बीचको माया प्रेममा एक आपसमा जीवन भर बिश्वास दिने बाचा र सम्बन्धको मनको कुराको विषयमा गीतको म्युजिक भिडियो केन्द्रित रहेको छ।

यस गीत युट्युबमा सार्वजनिक भएको एक दिनमा नै हजारौं  दर्शकले हेरिसकेका छन् भने कमेन्ट सेक्सनमा पनि गित, कथावस्तु तथा भिडियोले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

“मुग्लिन हुँदै पोखरा सम्म..” यात्राको क्रममा  नवजवान युवा युवातिको बीचमा माया बस्ने आसामा, मनमा माया सजाए भाबमा  गित प्रस्तुत गरिएको छ ।

गीतमा लय र स्वर कृष्ण प्रसाद गौतम गायिका लक्ष्मी बि.सि संगीत सम्योजन एबम शब्द : दिवान किनार र अभिनय प्रतीक सिं/आयुस्मा कार्कीको रहेको छ ।

जहाँ गायक तनहुँ जिल्ला घिरिङ्ग गाउँपालिका वडा न. ७ र गायिका शुक्ला गण्डकी न.पा. वडा न. ५ दोभानकै स्थानीय रहनु भएको छ ।

किशोर अवस्था सुरु भएसङै किशोर किशोरीमा आउने परिवर्तनमा बिपरित लिङ्गी प्रतिको माया भाब र एकोहोरो एकलौटी मायाको भोलिका भबिस्यका सपनाको कुरा निकै मार्मिक ढंगले देखाएका छन् ।

कथाको वर्णन गर्दै गीतलाई निकै आकर्षक शैलीमा निर्देशन गरिएको छ, साथै यात्राको क्रममा झ्याउरे शैलीमा प्रस्तुत गरिएको गीत भने घिरिङ्ग गाउपालिका वडा नं. ७ च्याचुल गाउँमा छायांकन गरिएको दृश्य छ ।

नेपाली लोक सांगीतिक क्षेत्रमा गायक गौतमको थुप्रो गीतहरु मध्ये ‘लास आउँछ बाकसमा ’  गित दर्शकले अधिक रुचाइएका गीत हो ।

यहीँ २०८० पौष ०६ गते शुक्रबार दिउँसो ४ बजे दिवान किनार अफिसियल युटुब च्यानल बाट  “मुग्लिन हुँदै पोखरा सम्म..” बजारमा आएको गाएक तथा सर्ज्ककृष्ण  प्रसाद गौतमले जानकारी गराए ।

“तिमी चितवन काठमाडौ मत

भोलि भेट्न मुग्लिनमा आउनत

मुग्लिन हुँदै पोखरा सम्म.. बस्ला माया ख्याल् ख्याल्मै अचम्म ”