भिमाद सञ्चार

तनहुँ २०८३ बैशाख ९

गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि “नैतिकताको आधारमा” पदबाट राजीनामा दिएका छन्।

गोरखा १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका गुरुङले “आफूसँग सम्बन्धित विषयको निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्नका लागि” राजीनामा दिएको सामाजिक सञ्जालमा जनाएका छन्।

गुरुङले प्रधानमन्त्री वालेन्द्र शाहलाई बुधवार भेटेर राजीनामापत्र दिएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले बताइन्। उनका अनुसार प्रधानमन्त्री शाहले गृह मन्त्रालय तत्कालका लागि आफूसँगै राखेका छन्।