भिमाद सञ्चार

तनहुँ २०८० चैत्र २०, अमृत परियार

राष्ट्रिय युवा संघ नगर कमिटी भिमादले आयोजना गरेको वडास्तरीय भलिवल प्रतियोगिताको उपाधि घिरिङ गाउँपालिका ५ नं वडाले उचालेको छ ।

सोमबार भएको फाइनल खेलमा शुक्लागण्डकी नगरपालिका-१२ नं वडालाई ३–० को सोझो सेटमा पराजित गर्दै घिरिङले उपाधि जितेको हो । घिरिङले पहिलो र दोस्रो सेट समान २५–१९ ले तेस्रो सेट २८–२६ ले जितेको हो । तेस्रो सेट निकै रोमाञ्चक बनेको थियो । १२–७ को अवस्थाबाट पुनरागमन गर्दै शुक्लागण्डकीले २०–२० को बराबरी गर्दै २४–२३ को अग्रता बनाएको थियो । तर दुई पटक सेट पोइन्ट प्राप्त गरे पनि अन्नत: शुक्लागण्डकीले घिरिङलाई नतिजा सुम्पिएको थियो ।

विजेता घिरिङले नगद रु. ७० हजार र उपविजेता शुक्लागण्डकीले रु. ४० हजार पुरस्कार हात पारेको छ । विजेता समुहलाई राष्ट्रिय युवा संघका केन्द्रीय महासचिव सुमन गिरी, भिमाद नगरपालिका उपप्रमुख शारदा खनाल, राष्ट्रिय युवा संघ नगर कमिटी भिमादका अध्यक्ष बिजय मल्ल लगायतले प्रदान गरेका थिए । प्रतियोगितामा भिमाद, शुक्लागण्डकी, म्याग्दे, हरिनास, घिरिङ र चापाकोटबाट गरी २० वडाको सहभागीता रहेको थियो ।