भिमाद सञ्चार
तनहुँ २०८२ फाल्गुन २३
झापा ५ मा बालेन शाहले करिब दुई तिहाई मत पाएका छन्। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले उनले पराजित गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार बालेनले ६८ हजार ३४८ मत पाए। ओलीले १८ हजार ७३४ मात्र मत पाएका छन्।
बालेनले पाएको मत नेपालको संसदीय इतिहासमै कुनै उम्मेदवारले पाएको सर्वाधिक मत हो।
४९,६१४ मतान्तरले झापामा बालेन शाह विजयी









