दलित समुदाय लक्षित विभिन्न शिर्षकमा माग राख्दै नगर प्रमुखलाई बुझायो ज्ञापन पत्र

भिमाद सञ्चार

तनहुँ २०८० जेष्ठ २९

भिमाद । नगर दलित उत्थान समितिले दलित समुदाय लक्षित विभिन्न शिर्षकमा कार्ययोजनाको माग राख्दै भिमाद  नगरपालिकाका नगर प्रमुख दधिराज सुबेदलाई ज्ञापन पत्र बुझाएको छ ।

 

नगर दलित उत्थान समिति भिमादले योजना माग सम्बन्धमा  नगर भित्रका दलित समुदाय लक्षित, जातिगत बिभेद, छुवाछूत तथा सचेतना  एवम्  क्षमता बिकास कार्यक्रमलाई प्राथमिकतामा राख्दै विविध शिर्षकमा बजेट छुट्टाउन माग राखेको छ ।

प्रत्येक समुदायको सहभागीतामा जातिगत विभेद तथा छुवाछूत विरुद्धको शिर्षकमा सञ्चार माध्यम बाट सम्बाद कार्यक्रम, दलित समुदाय भित्रका महिला(छोरी, बुहारी, सासू) एवम्  दलित समुदाय भित्रको दलित दलित बिचको बिभेधिकरण र घरेलु हिम्स विरुद्धको सचेतना कार्यक्रम, दलित समुदायका योग्यता पुगेका बिद्यार्थी लक्षित लोकसेवा तयारी कक्ष सञ्चालन, दलित समुदायकै युवायुवतीलाई लक्षित गरि सिपमुलक (कपाल काट्ने)  तालिम, र छुवाछूत उन्मुलन दिवसको दिनमा सबै समुदाय सहभागी गराउने उद्देश्य सहित सचेतना कार्यक्रमको  मागहरु राख्दै नगर प्रमुख सुबेदीलाई ज्ञापनपत्र बुझाएको नगर दलित उत्थान समितिका वरिष्ठ उपाध्यक्ष शालिकराम गहतराजले जानकारी दिए ।

नगर दलित समुदायबाट करिब २० जनाको सहभागीतामा नगरपालिकाको कार्यलय प्रवेश गरेका समितिका सहभागीहरुमा भिमाद गनरपालिकाका तिनै जना  कार्यपालिका सदस्यहरुको पनि सहभागी रहेको थियो । योजना छनोटको क्रममा महत्त्वपूर्ण सुझाव सहितको ध्यानाकर्षण गराएको सहभागीलाई धन्यवाद दिदै कार्यपालिकाको बैठकले नगरपालिकामा योजना छ्नोट प्रक्रियामा यस्ता  कार्ययोजनालाई महत्त्व र प्राथमिकता दिनुपर्छ यस् प्रति सकारात्मक रहेको र यो योजना छ्नोट गरिने  समेत नगर प्रमुख सुबेदिले बताएका छन्  ।