गण्डक क्षेत्रको प्रचलित मौलिक झ्याउरे गीत पानी धाराको सार्वजनिक ।

गण्डक क्षेत्रको प्रचलित मौलिक झ्याउरे गीत पानी धाराको ।https://youtube.com/watch?v=1M80WEzBw2k&feature=share

नेपालको गण्डक क्षेत्रतिर करिब २०/२२ वर्ष अघि रोधीघर, पूजाआजा र रमाइलोहरुमा गाइने,बजाइने र नाचिने झ्याउरे भाकालाई पुनसंकलन गरी तनहुँ जिल्ला म्याग्दे गा. पा. ७ रानिश्वॉरा गाउँमा घर भई राष्ट्रिय स्तरमा ख्याति प्राप्त चर्चित कलाकार गायक, गीतकार,संगीतकार र ऐरेन्जर दिवान किनार र उक्त गाउँकै अर्का मिठो रोजगारीको सिलसिलामा लामो समय देखि प्रबासको भुमरीमा कर्मथलो गर्दै आउनु भएका नेपाली लोक संगीतलाई आसाधै माया गर्ने आवाजका धनि गायक चन्द्र बि. सि. ले “पानी धाराको” नामक लोक झ्याउरे गीत भर्खरै बजारमा ल्याएका छन् ।
“झिमझिम सानु” ( लोकदोहोरी) “माया एउटा सँग” (आधुनिक) “तिमी कस्को हुने होला” ( आधुनिक) जस्ता धेरै जीवन्त, अजर , अमर ऐतिहासिक र कालजयी गीतका स्रष्टा “दिवान किनार”ले आफू सानै छँदादेखि गाउँघरमा बेसरी गाउने गरिएको झ्याउरे गीतलाई पुनसंकलन र पुन सृजना गरि वास्तविक अग्रज स्रष्टाहरुलाई सम्मान गर्दै लोकगीत संगीतको मौलिकता र संस्कृतिको संरक्षण गर्ने हेतुले अहिलेको समयमा फेरि पुनर्ताजगी गराउने प्रयास गरेको कुरा यो गीतको श्रव्य र दृश्य मार्फत् स्पष्ट पारेका छन्।
दमौलीको एउटा परम्परागत घरमा दृश्यांकन (छायांकन) गरिएको उक्त गीतमा लोकप्रिय गायिका शान्तिश्री परियार,चन्द्र बीसी अनि दिवान किनारको आवाज दिएका छन । साथै दिवान किनार र चन्द्र बि सिको पुनसङ्कलन र पुनसृजना संगै अहिलेका चर्चित टिकटक स्टारहरु सिरु थापा मगर , मनिसा मगर, पुष्पा मगर(काउली बुडी),रेशम परियार,विकास थापा, सृजना आले मगर, सबिता गर्जा मगर, देव आले, अभिषेक गुरुङ, सुकमान गुरुङ, नारन सिंजाली मगर, सबिता थापा मगर, कञ्चन गुरुङ, माया मगर्नी, अञ्जली थापा मगर जमुना थापा मगर, चन्द्र बि.सी. अनि दिवान किनारको अभिनय र नृत्य, सर्जन थापा मगरको कोरियोग्राफी, विरेन्द्र परियारको छायांकन,रवि के. सि.को मेकअप, मनोज कार्कीको भिडियो सम्पादन र दिवान किनारको निर्देशन रहेको छ । वास्तविक मौलिक शब्द समायोजन गरि तयार पारिएको यश गीतमा उस्तै गाउँले परिवेश झल्किने गरि भिडियो निर्माण गरिएको हुदाँ अवश्य पनि दर्शक श्रोताको मन जित्ने उत्कृष्ट सृजना बनेको कुरा आफैमा गायक गितकार संगीतकार दिवान किनारले जानकारी गराए ।