भिमाद सञ्चार
तनहुँ २०८२ फाल्गुन १४
आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासनले तनहुँमा मदिरा बिक्री–वितरण र सेवनमा रोक लगाइएको छ ।

प्रशासनले बिहीबार सूचना जारी गर्दै फागुन १५ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि जिल्लाभर मदिराजन्य पदार्थको बिक्री–वितरण र सार्वजनिक स्थानमा सेवन गर्न निषेध गरेको जनाएको हो ।
निर्वाचनको समयमा सार्वजनिक शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले उक्त निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए । निषेधाज्ञा उल्लंघन गरी मदिरा बिक्री–वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रजिअ तिवारीले बताए । मदिराको बिक्री वितरणबारे सुरक्षा निकायबाट कडाइका साथ अनुगमन गरिने प्रशासनले जनाएको छ ।









