भिमाद सञ्चार
तनहुँ २०८२ माघ ९
भिमाद । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा तनहुँ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारलाई सघाउने गरि उज्यालो नेपाल पार्टीका उम्मेदवार मनराज गुरुङले उम्मेदवारी फिर्ता लिएका छन् । गुरुङले रास्वपाको जित सुनिश्चित गर्न उम्मेदवारी फिर्ता लिएर सघाउने निर्णयमा पुगेको प्रतिक्रिया दिए ।

दुलेगौडा स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगेर गुरुङले अव रास्वपाका उम्मेदवार श्रीराम न्यौपानेलाई जिताउने गरि लाग्ने समेत बताए । ‘मेरो उम्मेदवारी कायम रहदाँ फेरी उही पार्टीले जित्ने सम्भावना देखियो’, उनले भने, ‘मैले परिवर्तन लागि चालेको कदममा समेत यो निर्णय उचित हुनेछ ।’
गुरुङ्गले उम्मेदवारी फिर्ता र रास्वपालाई समर्थन गर्ने निर्णय नितान्त ब्यक्तिगत भएको समेत खुलाए ।









