भिमाद सञ्चार

तनहुँ २०८२ माघ २१

भिमाद । तनहुँका अग्रज पत्रकार  गोरा मियाँको बुधबार निधन भएको छ ।

मंगलबार घरमा नै अचेत अवस्थामा ढलेका मियाँलाई उपचारका लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको थियो । उपचारका लागि पोखरा लगिएका मियाँलाई अस्पतालले उपचार सम्भव नभएको भन्दै घर फिर्ता पठाई दिएको थियो । घर ल्याएको केही समयमा नै मियाँको निधन भएको थियो ।

मियाँ तीन दशक भन्दा बढी समय देखि पत्रकारिता सक्रिय रहेका थिए । मियाँ हाल नेपाल प्रेस युनियन तनहुँ शाखाको अध्यक्ष रहेका थिए ।

मियाँको मुस्लिम परम्परा अनुसार बिहिबार बिहान १० बजे अन्तिम दाहसंस्कार गरिने भएको छ ।