तनहुँ जिल्ला लिग आजबाट सुरु

तनहुँ जिल्ला लिग आजबाट सुरु

अखिल नेपाल फुटबल संघ ( एन्फा ) तनहुँले आयोजना गरेको तनहुँ जिल्ला लिग फुटबल प्रतियोगिता आजबाट (मंगलबार ) सुरु भएको छ । भिमाद नगरपालिका ६ स्थित भिमाद रंगशालामा आजबाट जिल्ला लिग फुटबल प्रतियोगिता शुरू भएको एन्फा तनहुँले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै भिमाद नगरपालिकाका नगरप्रमुख मेख बहादुर थापाले एन्फाले निकैनै लामो समयदेखि सम्मानयोग्य कार्यगर्दै आइरहेको बताउनु भयो । खेलकुदमा भविष्य खोज्ने नव खेलाडीहरुलाई यस्ता प्रतियोगिता निकै राम्रो अवसर हुने बताउनु भएको थियो ।
एन्फा तनहुँका अध्यक्ष रत्न कुमार श्रेष्ठले संघले लामो समयदेखि प्रतियोगिताको आयोजना गर्दै तनहुँका खेलाडीहरुलाई उजागार गर्दै प्रशिक्षण गर्दै आएको बताउनु भएको थियो ।
प्रतियोगितामा १० टिमको सहभागिता रहेको युवा क्लब भिमादले जनाएको छ ।
युवा क्लब भिमाद र पुल्जीप युवा क्लब आँबुखैरेनी बराबर भएका छन् भने अजम्बरी युवा क्लब र अकला युवा क्लब बरादी बीच भएको खेलमा २-० गोलले अजम्बरी युवा क्लबले अग्रता लिएको छ ।
प्रतियगिताको विजेता तथा उपविजेता टिमले क्रमश १ लाख , ५० हजार प्राप्त गर्ने छन् ।