भिमाद सञ्चार 

तनहुँ २०८३ श्रावण  १२
भिमाद — तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा यात्रुबाहक टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।
प्रहरीका अनुसार लामा गाउँबाट दुलेगौंडातर्फ आउँदै गरेको लु.प्र.०२–००१ ज ०२३१ नम्बरको टाटा सुमो सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन्। घाइते सबैको जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको विवरण यसप्रकार छः
१. चालक शुक्लागण्डकी नगरपालिका–१२ निवासी ४८ वर्षीय केशबहादुर सुनार – टाउकोमा चोट, अवस्था मध्यम।
२. सोही स्थानका ५९ वर्षीय खेमबहादुर ठकुरी – दुवै हात र खुट्टामा चोट, अवस्था सामान्य।
३. सोही स्थानकी ४० वर्षीया लक्ष्मी मल्ल – बाँया खुट्टामा चोट, अवस्था सामान्य।
४. सोही स्थानका ३८ वर्षीय ढकबहादुर गुरुङ – छातीमा भित्री चोट तथा बाँया खुट्टामा चोट, अवस्था सामान्य।
५. सोही स्थानकी १९ वर्षीया निशा गुरुङ – हातमा चोट, अवस्था सामान्य।
६. सोही स्थानकी ३८ वर्षीया टिका गुरुङ – खुट्टा र आँखामा चोट, अवस्था सामान्य।
७. सोही स्थानकी ३७ वर्षीया संगीता गुरुङ – बाँया हातमा चोट, अवस्था सामान्य।
८. शुक्लागण्डकी–५ निवासी ३३ वर्षीया सूचना गुरुङ – बाहिरी चोट नदेखिएको, अवस्था सामान्य।
९. शुक्लागण्डकी–४ निवासी ५४ वर्षीया अन्जु ठकुरी – बाँया हात र टाउकोमा चोट, अवस्था सामान्य।
१०. शुक्लागण्डकी–४ निवासी ८ वर्षीय एलबिक ठकुरी – टाउकोमा चोट, अवस्था सामान्य।
११. सोही स्थानका १२ वर्षीय सौगात ठकुरी – अनुहारमा चोट, अवस्था सामान्य।
१२. शुक्लागण्डकी–११ निवासी ५१ वर्षीया झरिमाया खाँड – बाँया हात र टाउकोमा चोट, अवस्था सामान्य।
प्रहरीका अनुसार सुमोमा ४ पुरुष, ६ महिला र २ बालक गरी कुल १२ जना सवार रहेका थिए। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।