भिमाद सञ्चार

तनहुँ २०८३ मंसिर ८
तनहुँ । भूमि प्रशासन कार्यालय तनहुँले आफ्नो कार्यक्षेत्रभित्र पर्ने स्थानीय तहहरूलाई भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ।
कार्यालयले व्यास, भिमाद, शुक्लागण्डकी नगरपालिका तथा देवघाट, घिरिङ, बन्दीपुर, म्याग्दे, ऋषिङ र आँबुखैरेनी गाउँपालिकालाई पत्राचार गर्दै सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गरिसक्नुपर्ने जनाएको छ। सोहीअनुसार सम्बन्धित स्थानीय तहले तोकिएको समयभित्र सेवा प्रवाहका लागि आवश्यक तयारी गर्नुपर्नेछ।
भूमि प्रशासन कार्यालय तनहुँले सेवा सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक समन्वय र सहजीकरण गर्न कर्मचारीसमेत तोकेको छ। कार्यालयले सम्बन्धित स्थानीय तहलाई तोकिएको समयमै सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।