भिमाद सञ्चार
तनहुँ २०८३ मङ्सिर ३
घिरिङ । आर्थिक अभावमा परेका तनहुँको घिरिङ गाउँपालिका–१ पुतगाउँ निवासी ७३ वर्षीय धनवीर सार्कीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ। समाजसेवी गोपाल विकको पहलमा सार्की परिवारका लागि १७ हजार २१० रुपैयाँ सहयोग संकलन गरिएको हो।
गत २०८३ कात्तिक २६ गते असामयिक निधन भएका धनवीर सार्कीको शुद्धीकरण (चोखिने) कार्य सम्पन्न गर्न आर्थिक कठिनाइ भएपछि सहयोग अभियान सञ्चालन गरिएको थियो।
सामाजिक उत्तरदायित्व र मानवीय सेवाभावका साथ सञ्चालन गरिएको अभियानबाट संकलित रकमले शोकमा परेको परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ। आर्थिक अभावमा परेका परिवारलाई सहयोग जुटाउने पहलप्रति स्थानीयले प्रशंसा गरेका छन्।









