भिमाद सञ्चार

तनहुँ  २०८३ मंसिर ४
महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिका–५ का २४० स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
साविक पोखरीभिण्डा संग्रामपुरका वडा नं. १ देखि ९ सम्मका क्षेत्रमा २०७२ सालमै जग्गाको नापजाँच सम्पन्न भएको थियो। तर आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयदेखि लालपुर्जा वितरण रोकिएको थियो।
वर्षौंदेखि जग्गाको स्वामित्वको प्रमाण पाउने प्रतीक्षामा रहेका परिवारले अन्ततः लालपुर्जा पाएपछि आफ्नो जग्गाको कानुनी स्वामित्व सुनिश्चित गर्ने बाटो खुलेको छ।