भिमाद सञ्चार

तनहुँ २०८३ असोज २५

तनहुँ । नेपाली लोकदोहोरी संगीतप्रेमीका लागि ‘फेवातालमा हिमालको छाया’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। दशैको अवसर पारेर एलबी प्रोडक्सन (LB Production) को प्रस्तुतिमा तयार भएको यस गीतमा कृष्णप्रसाद गौतम, यम सागर बि.क, बिमाकुमारी दुरा र जमुना नेपालीको स्वर रहेको छ। लोकदोहोरीको मौलिक स्वाद समेटिएको गीतले नेपाली संगीतप्रेमीको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।

गीतमा देवान किनार र यम सागर बि क को शब्द रहेको छ भने संगीत कृष्णप्रसाद गौतमले भरेका छन्। कृष्ण केसीको संगीत संयोजन तथा एचबीएन किस्मतको मिक्सिङ र मास्टरिङ रहेको गीतको अडियो तथा भिडियो एलबी प्रोडक्सनले तयार पारेको हो। गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी विक्रम चौहानले गरेका छन्।

भिडियोमा प्रतीक सिंह, जुना गुरुङ, निश्चल गौतम, मनिला श्रेष्ठ, कृष्णप्रसाद गौतम र करुणा राना मगरको अभिनय तथा प्रस्तुति देख्न सकिन्छ। प्रकाश खड्का तथा टिमले छायांकन गरेको भिडियोको कलर ग्रेडिङ मिन रावलले गरेका छन् भने दृश्य सम्पादन तथा पोस्टर आर्ट्सको जिम्मेवारी लक्ष्मण चौहानले सम्हालेका छन्। मेकअप यमुना पाण्डेले गरेकी छन् र पोस्ट प्रोडक्सन बी.स्टार फिल्म्सले गरेको छ। नयाँ लोकदोहोरी गीत ‘फेवातालमा हिमालको छाया’ युट्युबसहित विभिन्न डिजिटल संगीत प्लेटफर्ममार्फत सुन्न सकिन्छ।