भिमाद सञ्चार

तनहुँ २०८३ मंसिर १०
तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भिमाद नगर कार्यसमितिले भिमाद नगरपालिका–६ स्थित मुख्य भिमाद बजार र क्याम्पस रोडलगायतका क्षेत्रमा बसोबास गर्दै आएका घरधुरीको जग्गाको स्वामित्व टुंग्याउन सरकारसँग माग गरेको छ।

कार्यसमितिले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै लामो समयदेखि जग्गाको स्वामित्व प्राप्त गर्न नसकेका स्थानीयको समस्या समाधान गर्न आग्रह गरेको हो।
कार्यसमितिका अनुसार उक्त क्षेत्रका बस्तीहरू अव्यवस्थित बसोबासका रूपमा रहेका छन्। सर्वोच्च अदालतको अन्तिम फैसलाअनुसार खाली रहेका जग्गाहरू सार्वजनिक तथा भोगचलनमा रहेका जग्गा र बनेका घरहरूको हकमा समेत पाताल नभएसम्म भोगचलन गर्न दिन तथा घरजग्गाको स्वामित्वको निरन्तरतासम्बन्धी आवश्यक निर्णय गर्नुपर्ने माग गरिएको छ। यस विषयमा वस्तुस्थितिको अध्ययन गरी भोग स्वामित्वको निम्ति उपयुक्त र आवश्यक निर्णय गर्न सरकारलाई अनुरोध गरिएको छ।