भिमाद सञ्चार

तनहुँ २०८३ कार्तिक २९
तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा परी सुनचाँदी व्यवसायी ३२ वर्षीय सम्भु विकको मृत्यु भएको छ। भानु नगरपालिका–५ मैबल निवासी विक दमौली बजारमा सुनचाँदी व्यवसाय सञ्चालन गर्दै आएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका विकको मृत्यु भएपछि उनको पार्थिव शरीरको आइतबार दमौलीस्थित मादी र सेती नदीको दोभानमा अन्त्येष्टि गरिएको छ।
दुर्घटनाको कारण र घटनाको विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। विकको असामयिक निधनले दमौलीका सुनचाँदी व्यवसायी तथा स्थानीय क्षेत्रमा शोक छाएको छ।