भिमाद सञ्चार
तनहुँ २०८३ असोज ११
तनहुँको घिरिङ गाउँपालिका–३, ग्याझा निवासी मनबहादुर नेपालीको घर अविरल वर्षाका कारण आज राति करिब १ बजेतिर पूर्णरूपमा क्षतिग्रस्त भएको छ।

घर पूर्णरूपमा क्षति भए पनि मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन्। लगातारको वर्षाका कारण घरमा क्षति पुगेपछि परिवारलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ।
घटनाबारे सम्बन्धित निकायलाई जानकारी गराइएको र क्षतिको विवरण संकलन तथा आवश्यक सहयोगको प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।









