भिमाद सञ्चार

तनहुँ २०८३ भाद्र ११
तनहुँको व्यास नगरपालिकाले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

नगरपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि व्यास नगरपालिकाले विपद्का बेला सहयोग गर्ने निर्णय गरेको हो। नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीबाट प्राप्त हुने थप सहयोगसमेत विपद् प्रभावितका लागि जुटाइने जनाइएको छ।
नगरपालिकाले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग गर्न सामाजिक संघसंस्था तथा सरोकारवालालाई अपिल गरेको छ।