भिमाद सञ्चार
तनहुँ २०८३ भाद्र १७
भिमाद । रामपुर–भिमाद–पोखरा रुटमा चल्ने ‘मामा भान्जा’ बसका चालक तथा यातायात व्यवसायी कमल परियारले आफ्नो बसको एक दिनको कमाइ बाढीपीडितका लागि सहयोग गरेका छन्।
परियारले पोखराबाट रामपुर जाँदा भएको रु. १२ हजार ७ सय आम्दानी रसुवाका बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।
विपद्को समयमा आफ्नो तर्फबाट पनि सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले आम्दानी सहयोग गरेको बताउँदै परियारले सबैलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेका छन्। उनले अन्य यातायात व्यवसायी तथा सर्वसाधारणलाई समेत मानवीय सहयोगमा जुट्न अपिल गरेका छन्।













