भिमाद सञ्चार
तनहुँ २०८२ चैत्र १५
तनहुँ । सरकारले देशभरका भूमिहीन र सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन एकीकृत आवासमार्फत पुनर्वासका व्यवस्था मिलाउने योजना बनाएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको एक सय कार्यसूचीमा यसलाई समावेश गरिएको छ ।

६० दिनभित्र भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको एकीकृत डिजिटल लगत संकलन गर्ने सरकारको कार्ययोजना छ । त्यस्तै १००० दिनभित्र समस्या समाधान गर्न स्थानीय तहको समन्वयमा घर परिवार सर्वेक्षण सञ्चालन गर्ने, वास्तविक लाभग्राही पहिचानका लागि स्पष्ट मापदण्ड लागू गर्नेजस्ता योजना सरकारले बनाएको छ ।









