अविरल वर्षापछि पहिरो झर्दा अवरूद्ध डुम्रे-वेशीसहर-चामे सडकखण्ड चार दिनपछि पुन: सञ्चालनमा आएको छ।
असार ५ गते उदीपुरमा पहिरो खसेपछि यो सडकखण्ड अवरूद्ध थियो।

बुधबार बेलुकीदेखि यो सडक पुन: सञ्चालनमा आएको डुम्रे-वेशीसहर-चामे सडक आयोजनाले जानकारी दिएको छ।

सडक एकतर्फी रूपमा सञ्चालन गरिएको छ।
वैकल्पिक सडक खनेर यो सडकखण्ड सञ्चालनमा ल्याइएको हो। वैकल्पिक सडकमा पनि पहिरोको जोखिम रहेकोले सावधानी अपनाउन आयोजनाले आग्रह गरेको छ।