भिमाद सञ्चार

तनहुँ असार १०

साउदी अरेबियाको मक्का मदिनामा हज गर्न नेपाली मुस्लिमहरुको अन्तिम डफ्फा आज गएका छन्  । एक सय १३ जना हजयात्री आज बिहान साउदी अरेबियातर्फ उडेका हुन् ।

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री बालकृष्ण खाँणले बिदा गर्नुभएको थियो ।
यस वर्ष हजका लागि नेपाललाई ५५५ जनाको कोटा प्राप्त भएको थियो । तीमध्ये आज बिहान अन्तिम टोली गएको हो ।

पहिलो टोली असार ६ गते गएका थिए । त्यसपछि एयर अरेबियाको उडानबाट हज टोली त्यहाँ गएका हुन्  ।
हजयात्रा सकाएर प्रत्येक टोली ३४ दिनपछि नेपाल फर्कने कार्यक्रम रहेको छ ।
मक्कामदिनामा विश्वका लाखौँ मुस्लिम प्रत्येक वर्ष हज गर्न जान्छन् ।