भिमाद सञ्चार

तनहुँ असार १०

खरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ। प्रतिष्ठानको शिक्षण अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको हो ।

प्रतिष्ठानले दिएको जानकारी अनुसार अन्नपूर्ण गाउँपालिकाकी ५० वर्षीया महिलामा मिर्गौला प्रत्यारोपण गरिएको हो । उनलाई उनकै ५१ वर्षीय श्रीमानले मिर्गौला दिएका थिए। प्रत्यारोपण पछि दुवै जनाको स्वास्थ्य सामान्य रहेको छ।

अस्पतालमा करिब ४ घन्टा लामो शल्यक्रिया गरेर प्रत्यारोपण गरिएको हो। पोखरामा भएको यो नै पहिलो मिर्गौला प्रत्यारोपण हो। पोखरामा पहिलो पटक गरिएको प्रत्यारोपण शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका डा प्रकाश क्षेत्री, डा अनुप चापागाईं, डा माया लामा, डा जुजु श्रेष्ठ, डा अमृत केसी सहितको टोलीले गरेको हो।

काठमाडौं उपत्याका बाहिर चितवन र विराटनगरमा प्रत्यारोपण सेवा छ। अब पोखरामा पनि नियमित प्रत्यारोपण हुने प्रतिष्ठानले जनाएको छ।