तनहुँको भिमादनगरपालिका ३ जलौदी स्थित बाल शैक्षणिक माध्यमिक विद्यालयमा पानी शुद्धीकरण यन्त्र ( युरोगार्ड ) जडान गरिएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था इलाका कार्यालय पोखरा र माझकोट साना किसान कृषि सहकारी भिमाद -३ बाट २ लाख पैंतालिस हजार विद्यालयको आन्तरिक स्रोतबाट ४५ हजार गरी २ लाख ९० हजार बराबरको यन्त्र जडान गरिएको माझकोट साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक सुन्दर तिमल्सेनाले जानकारी दिए । साना किसान वित्तिय संस्था भएपनी लामो समयदेखि सामाजिक कार्यहरूमा अग्रसर हुँदै आई रहेको साना किसान इलाका कार्यालय पोखराका प्रबन्धक विदुर अर्यालले बताए ।

 

 

विद्यालयमा युरोगार्ड जडान भए पश्चात विद्यार्थीहरु लगायत शिक्षकहरुले पनि शुद्द पानी उपभोग गर्न पाउने बाल शैक्षणिक माध्यमिक विद्यालयका प्राधानाध्यापक विजयराज गौतमले बताए ।