भिमाद सञ्चार

तनहुँ असार ११,
भिमाद नगरपालिका १ को आयोजनामा दलित उत्थान समितीले दलित सचेतना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । वडा भित्र बसोबास गर्दै आएका दलित समुदायाका ब्यक्तिहरुलाई प्रोत्साहान गराउने र हरेक हक अधिकार सम्वन्धि सचेत गगराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको  कार्यपालिका सदस्य सन्दिप परियारले बताए ।

कार्यक्रमका प्रमुख अतिथी भिमाद नगरपालिकाका नगर प्रमुख ददिराज सुबेदीले, भिमाद नगरपालिकाको हकमा भिमाद  नगर भित्र  बसोबास गर्ने दलित समुदायका ब्यक्तिहरुले बिभेद सहेर बाच्नु पर्ने छैन, यदि  कुनै पनि वडा भित्र विभेद भएको सुचना वा जानकारी आएको खण्डामा कानुनले कसैलाई पनि नछोड्ने बताएका छन् । कार्यक्रममा दलित समुदाय भित्रको पुर्ख्याउली  पेसालाई अगाल्दै कपडा सिलाइ सम्बन्धि, छालाबाट उत्पादित बस्तु बनाउने सम्बन्धि, आरान पेसा संरक्षणमा टेवा पुराउदै आएका, शिक्षण सेवामा लागेका, स्वास्थ्य सेवा सम्वन्धि, पञ्चेबाजा संरक्षणमा लागेका र विद्यालयमा उत्कृष्ट अंक ल्याएर उत्रिण हुने विद्यार्थीहरुलाई समेत नगर प्रमुखले अविर र खाता लगाएर सम्मान गरेका थिए ।

दलित अधिकारकर्मी शालिक राम सुनार, कार्यपालिका सदस्य बिरु बस्याल लगाएतका सहभागीहरुले आ–आफ्ना भनाई राखेका थिए ।

वडा भित्र बसोेबास गर्ने सबै समुदायको सहभागीता रहेको उक्त  कार्यक्रममा समाजको वर्तामान अवस्था, विभेद र भेदभाब गरेका अवस्था बारे,  कानुन र सजय विषयमा प्रशिक्षक शिव सुनारले प्रशिक्षण गराएका थिए ।


भिमाद नगरपालिका १ मा कुनै किसिमको विभेद हुन दिने छैन समतामुल समाज निर्माणमा आफ्नो कार्यकाल भित्र नमुना वडा बनाएर देखाउने समेत वडा अध्यक्ष दिपक आलेले प्रतिद्धता ब्यक्त गरेका थिए ।