भिमाद सञ्चार तनहुँ असार १२ काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले सडक निर्माण गर्दा गुणस्तरमा ध्यान दिँदै कडाइका साथ अनुगमन गरिने बताएका छन् । उनले निर्माण व्यवसायीलाई टेन्डर भर्दा कम रेटमा नभरी गुणस्तरमा ध्यान दिन आग्रह गरेका छन् । क्वालिटीमा ध्यान दिइने छ, त्यही भएर धेरै कम रेटमा चाहिँ टेन्डर नभरी दिनुहोला।’ महँगो भए पनि सडक विभागको गुणस्तर कायम गरी सडक बनाइनुपर्ने बालेन्द्रको भनाइ छ । ‘हामीले पनि सडक विभागकै क्वालिटी मेन्टेन गर्नलाई थोरै महँगो परे पनि त्यही क्वालिटीका सडकहरु बनाइनुपर्छ र अनुगमन कडाइका साथ भयो भने यी समस्याहरु समाधान हुन जान्छ’, उनले भनेका छन्। कम रकममा टेन्डर भरेकाले काम गर्न नसक्ने बताउँदै उनले त्यसबारे पुनर्विचार हुने जानकारी दिएका छन् ।