भिमाद सञ्चार 

तनहुँ  असार १३
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर तनुहँको भानु नगरपालिका-९ मा सोमबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीया तारा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएकी थापाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । मृतकको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ ।