भुमाद सञ्चार

तनहुँ असार १४

गएरातिदेखी परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका– २५ हेमजाका ३०० भन्दा बढी घर डुबानमा परेका छन् । वर्षापछि हेमजाको सुइखेत स्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरीचोक र म्याग्दीचोकका घरहरु डुबानमा परेको सोही वडाका वडाध्यक्ष मोतिराज तिमिल्सिनाले बतए ।

पहिराले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्ण रुपमा क्षति गरेको र थप १५ घर उच्च जोखिममा रहेको बताएका छन् । डुबान र पहिराका कारण ५०० हाराहारीमा मानिस विस्थापित भएको तिमिल्सिनाले जानकारी गराए । बस्तीमा बाढी पस्न थालेपछि रातिनै स्थानीयहरु सुरक्षित स्थानतर्फ लागेकाले मानविय क्षति हुन पाएको थिएन ।

 वर्षापछि नहर फुटेर बस्तीमा पस्दा र खहरेखोलाहरु उर्लिएर आउँदा घरहरु डुबानमा परेका छन् । पहिराले दुई घर र कृषि र पशुपन्क्षीतर्फ धेरै क्षति पुर्‍याए पनि मानविय क्षति भएको छैन ।

घरहरु डुबानमा परेपछि स्थानीयहरुलाई सुरक्षित स्थानमा लगिएको थियो । उनीहरु अहिले विद्यालय, मन्दिर तथा आफन्तकामा आश्रय लिएका छन् । जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले क्षतिको विवरण सङ्कलन भइरहेकाले यकिन विवरण आउन बाँकी रहेको बताए  ।

पहिराबाट विस्थापितहरुका लागि आमा समुह र  सहकारी भवनको प्रयोग गरिएको उहाँले जानकारी दिएका हुन् ।