भिमाद सञ्चार

तनहुँ असार १४

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा मंगलबार बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार दुबै जनाको मृ’त्यु भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार मृ’त्यु हुनेमा हेटौडा उपमहानगरपालिका– १३ बस्ने २६ बर्षीय दयाराम मुक्तान र भिमफेदी गाउँपालिका– १ निवासी २३ बर्षीय दीपेश गोल रहेका छन् । डुम्रेबाट दमौली तर्फ आउँदै बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई बिपरीत दिशामा गुडिरहेको ग ३ च ४१८२ बोलेरोले ठक्कर दिदाँ मोटरसाइकलमा सवार दुबै जनाको मृ’त्यु भएको हो  ।

मुक्तानको दमौली स्थित रत्नहरी मेमोरिएल अस्पतालमा र गोलेको दमौली अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । बोलेरो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।