असार ३१, २०७९ शुक्रबार

पोखरा महानगरपालिका वडा नं. ११ का ३५ वर्षीय होम घिमिरे चितवनमा पक्राउ परेका छन् । उनी बिहीबार गोरुको मासुसहित पक्राउ परेका हुन् ।

घिमिरेसंगै धादिङको रुवी गाउँपालिका वडा नं. ५ का २८ वर्षीय शङ्कर तामाङ र चितवनको भरतपुर महानगरपालिका वडा नं. १० का ४५ वर्षीय प्रतीक ठकुरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चितवन प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना२ह ३९६९ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा गोरुको मासु फेला परेको हो ।

प्लाष्टिकको बोरामा लुकाइ मासु लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अधिकारीले बताए । उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।