भिमाद सञ्चार

तनहुँ २०७९ असार ३२ शनिबार

बिद्यालय बसले ठक्कर दिदाँ शनिबार तनहुँमा एक युवकको ज्यान गएको  छ । मृत्यु हुनेमा व्यास नगरपालिका– ११ निवासी २३ बर्षीय बिक्रम सुनारको मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार सुनार सख्त घाइते भई उपचारको लागि दमौली अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

व्यास– १२ घाँसीकुवाबाट व्यास– ११ फराकचौर तर्फ जाँदै गरेको माया युनिभर्सल एकेडमीको ग १ ख ३६८३ नम्बरको बसले बिपरीत दिशामा गुडिरहेको मोटरसाइकललाई ठक्कर दिदाँ उक्त दुर्घटना भएको हो । बसको ठक्करबाट मोटरसाइकल चालक सोही स्थान निवासी २२ बर्षीय सुजन सुनार घाइते भएका छन् ।

ठक्कर दिने उक्त बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान थालेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।