भिमाद सञ्चार

तनहुँ २०७९ श्रावण १ आइतबार

तनहुँमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

शनिबार साँझ भिमाद नगरपालिका–५ बस्ने हरिनास गाउँपालिका–१ केक्मीका २२ वर्षीय गोविन्द मगरको करेन्ट लागेर मृत्यु भएको हो ।

ग्रामीण विद्युतीय आयोजना व्यवस्थापन निर्देशनालयको बिजुलीको नयाँ पोलमा तार जडान गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए।

उनको वीपी कोइराला श्वास प्रश्वास केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।