साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् ।

विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा-पोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

यस पटकको साउन महिनामा पााच वटा सोमवार परेको छ । पााचवटा सोमबार परेको साउन महिना झन् शुभ र पवित्र मानिन्छ ।

बोलबम यात्रा शुरु

यसैबीच सोमबारदेखि नै देशका विभिन्न भागमा बोलबम यात्रा सुरु भएको छ ।  बोलबम मेला भर्नका लागि नेपालका अधिकांश जिल्लाका अतिरिक्त शिबलयहरुमा भक्तजनहरुको बाक्लो उपस्तिथि रहने गर्दछ ।