भिमाद सञ्चार
तनहुँ २०७९ श्रावण २ गते शोम्बा
गए राति बेसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा पहिरो गएपछि सडक खण्ड अवरुद्ध भएको हो।
यो सडक श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिएको छ । माथिबाट रिठ्ठेबगरमा लेदो आएर सडकमा थुप्रिएको प्रहरीले जनाएको छ। लेदोले सडक अवरुद्ध भएको छ भने वैकल्पिक सडक पनि भासिएको छ।
मर्स्याङ्दी नदीले तलबाट सडक कटान गरेको र माथिबाट बगेर आएको लेदोका कारण करिब तीन मिटर सडक भासिएको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध भएका कारण बिहानैदेखि कुनै पनि गाडी आवतजावत हुन सकेको छैन।