भिमाद सञ्चार

तनहुँ २०७९ श्रावण २ गते शोमबार

व्यास नगरपालिका वडा नं. २ मा रहेको लोकप्रिय स्वास्थ्य क्लिनिक प्रा.लि.मा रातको समयमा पसलको सटर फोड्दै गर्दा चोरलाई प्रहरीले  पक्राउ गरेको छ ।

असार १ गते राती १ बजे क्लिनिक तोडफोड गर्दै गरेको अवस्थामा स्थानिय व्यक्तीहरुको सहयोगमा प्रहरीले भानु नगरपालिका वडा नं. १ नयाबस्तीका २० बर्षिय सुजन परियार पक्राउ गरेको हो ।
पसल फोड्न लाग्दै गर्दा स्थानीयको सुचनाको आधारमा प्रहरीले चोर पक्रिन सफल भएको हो । सोही पसलमा असार ३२ गते राती समेत परियारले सोही पसलको काउन्टरमा रहेको १ लाख ३५ हजार रुपयाँ चोरी गरी फरार थिए । सिसिटिभि फुटेजको हुलियाको आधारमा खोजतलास गर्दै जाँदा परियार नै भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालबाट खटिएका प्रहरीले नियन्त्रणमा लिई तनहुँ जिल्ला अदालतबाट १० दिन १० को म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।