भिमाद सञ्चार

तनहुँ २०७९ श्रावण ४ गते बुधबार

पोखराको फुस्रे खोलाले फेरि अर्को ज्यान लिएको छ । नवलपरासीको बर्दघाट घर भई दुई साता अघि मात्रै पोखरा पुगेका विवेक गुरुङ (बिमल) को पौडी खेल्ने क्रममा ज्यान गएको हो ।

४ जना साथीभाइसँगै फुस्रे खोला गएका २४ वर्षीय विवेक पौडी खेल्ने क्रममा एक्कासी हराएका थिए । सँगै पाैडी खेलेका भाइका अनुसार ३ जना ३० मिनेटजति सँगै पाैडी खेलेकाेमा विवेक एक्लै थाेरै तल पुगेका थिए । त्यसपछि उनी गायब भए । साथीहरुले खोज्दा नभेटिएपछि प्रहरीलाई खबर गरेका थिए । तल खोलामा स्थानियले बगाउँदै गरेको देखेपछि माछा मारेर फर्कदै गरेका दुई युवाले विवेकलाई खोलाबाहिर ल्याएका थिए । तर, उनको पहिल्यै मृत्यु भइसकेको प्रहरीले जनाएकाे छ ।

विवेककाे खाेजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेली खटिएकाे थियाे । फुस्रेखोलामा पौडिने क्रममा बर्सेनी दर्जनौंको ज्यान गइरहेको छ । डेढ महिना अघि मात्रै स्याङ्गजा पुतलीबजार ७ बेशीगाउँका पूर्ण गुरुङ साथीहरुसहित पौडी खेल्ने क्रममा दोबिल्लाबाट बेपत्ता भएकाेमा ३ दिनपछि शव भेटिएकाे थियाे ।