भिमाद सञ्चार

तनहुँ

२०७९ श्रावण ५ गते बिहीबार

जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचबिखन गरेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ पोखरीभञ्याङ वडा नं. ५ की ४० वर्षकी कल्पना महरा रहेकी छन् ।

महरा भरतपुर महानगरपालिका वडा नं १ स्थित कल्पना होटल एण्ड गेष्ट हाउसका संचालिका हुन् ।

महराले २२ वर्षकी युवतीलाई ललाई फकाई अनैतिक कार्यमा लगाएको प्रहरीले जनाएको छ ।

महरामाथि चितवन जिल्ला अदालतबाट मानव वेचबिखन तथा ओसार-पसार मुद्दामा म्याद अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।