भिमाद सञ्चार

तनहुँ अन्जान परियार घिरिङ्ग

२०७९ श्रावण ५ गते बिहिवार

घिरिङ्ग गाउँपालिका ३ खिलाका ४० बर्षिय सेर बहादुर आले श्रावण ४ गते दिउँसो झुण्डिएको अबस्थामा फेला परेका छन । उनी सोही गाउँको ससुराली घर नजिकै बारिको रुखमा झुन्डिएर मृ’त अबस्थामा भेटिएको पोखरिछाप प्रहरी सहायक निरीक्षक सुरेन्द्र गुरुङ्गले जानकारी दिए ।

उक्त घ’टना हुनु अघि पारिवारिक कलहका कारण उनले आफ्नै श्रीमती लाई कुटपिट गरेका थिए । श्रीमतिलाई टाउकोमा चोट लागे पछि नजिकैको मेडिकल बाट उ’पचार गरि घर लगिएको हो ।