भिमाद सञ्चार

तनहुँ  २०७९ साउन ४ ऋषिङ्ग,

अन्जान परियार
ऋषिङ्ग गाउँपालिकाले करारका कर्मचारीलाई एक सूचना जारी गर्दै हटाएको छ । पालिकाको आन्तरिक स्रोतका कारण देखाउदै करारका कर्मचारीलाई हटाए संगै कार्यालय कर्मचारी बिहिन बनेको छ । गाउँपालिकाले असार ३१ गते सुचना जारी गरे संगै करारका कर्मचारी सहित अन्य कर्मचारीहरुको पनि उपस्थिति नभएको भन्दै प्रतिपक्ष राजनिती दल गाउँपालिकाका अध्यक्षका प्रत्यासी एवं नेकपा एमालेका जिल्ला का.ब. अध्यक्ष हरिराज कँडेल,नेकपा माओवादी केन्द्र ऋषिङ्ग गाउँपालिका सचिव डम्बर बिक,नेकपा माओवादीका युवा नेता एवं ऋषिङ्ग गाउँपालिका वडा नं ४ का वडाध्यक्ष प्रत्यासी बसन्त सदाशंकर स्वतन्त्र पुतली चिन्ह बाट निर्वाचित वडा नं ८ अध्यक्ष भरत कृष्ण श्रेष्ठ र वडा नं ७ अध्यक्ष लगायतका युवाहरुले बुधबार कार्यालयमा गई प्रमुख प्रशासकीय अधिकृत टिकाबहादुर गोदार र उपाध्यक्ष गिनुमाया थापा समक्ष ध्यानाकर्षण गराएका हुन् ।

निर्वाचनमा स्वतन्त्र उम्मेदवार लाई सहयोग गरेको आशंकामा केही कर्मचारी हटाउने योजना बनाएर स्वतन्त्र उम्मेद्बारले नै हटाउन पठाएको भनी भ्रम फैलाउने काम गरेकोमा आपती जनाएका छन । उपस्थित नेताहरुले कर्मचारी हटाउँदा राजनीति प्रतिशोध नराख्न सुझाब दिएका छन । उनिहरुले कर्मचारी बिहिन बनाएर गाउँपालिका अध्यक्ष असार ३१ देखि उपस्थित नभएको भन्दै आपत्ति जनाएका थिए । जनताको सेवा गर्छु भनी आएको जनप्रतिनिधिले कर्मचारी हटाएर सेवाग्राहीलाई समस्या बढ्दा समेत समस्या लम्ब्याउने काम गरेकोमा चुप लागेर बस्न नसकिने उनिहरुले बताए। गाउँपालिका अध्यक्षले सरकारी सवारी साधनको दुरुपयोग भएको र तानाशाही तन्त्र चलाएको भन्दै प्रशासकीय अधिकृत मार्फत वडा अध्यक्ष श्रेष्ठले ध्यानाकर्षण गराएका छन ।

यसै गरि गाउँपालिका अध्यक्ष श्रेष्ठले लिकिन्दी मोटरमार्ग लाई नाम परिबर्तन गरि आफ्नै स्व. पिताको नाम जोडेर गोपाल कृष्ण लिकिन्दी मोटरमार्ग बनाएकोमा वडा ८ का स्थानियको बिरोध रहेकोले भन्दै वडा अध्यक्षले खुलेर बिरोध गरेका छन ।उनले भने, मैले रिसिङ्गमा रहेको शिव मा.बि लाई १० लाख ५० हजार सहयोग गरेर शिव सरस्वती माबी बनाएर नाम परिवर्तन गरेको हुँ तर गाउँपालिका अध्यक्षले ब्यक्तिगत लगानी बिना आफ्नो स्व. पिताको नाम जोडेर सरकारी पैसाको दुरुपयोग गरेकोले बिरोध गरेको बताएका छन । उक्त मोटरमार्ग गाउपालिका अध्यक्ष र वडा अध्यक्षका दाजु भाइ हरु बिच बिबाद भई अदालतमा बिचाराधिन रहेको पनि वडा अध्यक्ष श्रेष्ठले बताए ।

वडा अध्यक्ष श्रेष्ठले विभिन्न बिषयका समस्याहरुमा ध्यानाकर्षण गराउँदा गाउँपालिका उपाध्यक्ष गिनु माया थापाले आफुलाई कुनै पनि बिषयको जानकारी नभएको भन्दै सो बिषयमा छलफल गर्न अध्यक्ष भएको बेला आउन आग्रह गरिन ।