भिमाद सञ्चार
तनहुँ २०७९ श्रावण ५ बिहिवार
स्याङ्जामा दुई जना दाजुभाइबीच कुटाकुट हुँदा भाइको मृ’त्यु भएको छ ।
गएराति भिरकोट नगरपालिका–३ रिजुमा दाजुभाइबीच सामान्य विवादमा कुटाकुट हुँदा ४५ वर्षका श्याम बहादुर रोकाको मृ’त्यु भएको हो ।
दाजु ५० वर्षका याम बहादुर रोकाले कुट्दा भाइ श्यामको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
कुटपिटमा संलग्न याम बहादुरलाई प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको जनाइएको छ ।