भिमाद सञ्चार
तनहुँ २०७९ श्रावण ६ शुक्रबार

तनहुँमा एक महिलाले झोलुङ्गे पुलबाट हाम फालेकी छन् । जिल्लाको व्यास नगरपालिका– ९ गजौडे निवासी २८ बर्षीय पविता परियार हाम फालेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

व्यास नगरपालिका–३ देउराली नगर र ऋषिङ्ग गाउँपालिका– १ जोड्ने मादीनदी माथिको झोलुङ्गे पुलबाट हाम फालेकी तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

मादीसेती नदीले बगाएर देउरालीघाटमा पुराएपछि प्रहरी र स्थानीयबासीको सहयोगमा उद्दार गरिएपनि मृ’त अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृ’तकको शव पोष्टमार्टमको लागि अहिले दमौली अस्पतालमा राखिएको छ ।