भिमाद सञ्चारतनहुँ २०७९ श्रावण ७शनिबार

नेपाल फर्निचर तथा फर्निशिङ्ग ब्यवसायी महासंघको ८ औँ स्थापना दिवस तनहुँमा पनि मनाइएको छ ।

स्थापना दिवसको अवसरमा तनहुँ  फर्निचर तथा फर्निशिङ्ग  ब्यवसायी संघले व्यास–१ निर्मलनगर टोल जिरोटारमा रहेको धन बहादुर आलेको घरमा टिनको छाना फेरर आफ्नो स्थापना दिवस मनाएको हो । संघले आलेको घरमा १० हजार बराबरको जस्तापात फेरिएको र नगद एक हजार हस्तान्तरण गरेको जिल्ला अध्यक्ष अम्मर भण्डारीले बताए । कार्यक्रममा जिल्ला सचिव सन्तोष वि.क.,अभियान भण्डारी,दिपक गैह्रे राजेश सादसंकर,मिन वि.क., लालकुमार थापा टोलका इन्द्रलाल मल्ल लगायको सहभागिता रहेको थियो ।

ब्यबासायी तनहुँले स्थापना दिवसका अवसरमा बिभिन्न कार्यक्रम गर्दै आएको छ । अध्यक्षले भने:  तनहुँमा फर्निचर ब्यवसाय सङ्ग सम्बन्धित भारतिय  मुलका ब्यक्तिहरूवाट खुल्लम खुल्ला कर छली गर्दै  गैरकानुनी तरिकाले ब्यवसाय माथीको हस्तक्षेप गर्नेहरु प्रती सजक नहुने र सरोकार वालाले  कुनै चासो नदेखाएमा तनहुँ फर्निचर तथा फर्निशिङ्ग ब्यवासायी संघ तनहुँ कानुनको दायरामा ल्याउन पनि तयर हुन बाध्य हुनेछ ।

कार्यक्रम जिल्ला अध्यक्ष अम्मर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।