भिमाद सञ्चार

तनहुँ २०७९ श्रावण १० मंग्लवार

पोखरा भिरबाट लडेर आज एक जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १७ का ५० वर्षीय मंगल सिंह रहेका छन् ।

कास्की प्रहरीका अनुसार आज बिहान ११ः३५ बजे सिंह आफ्नै घर नजिकैको लामातहरा स्थित भिरबाट लडेर गम्भीर घाइते भएका थिए ।

उनलाई प्रहरीको टोलीले उद्धार गरि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुयाएको थियो ।

सिंहको उपचारकै क्रममा १२ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको कास्की प्रहरीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।